November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

गुओ येझोउ नेतृत्व प्रतिनिधिमण्डल काठमाडौं अवतरण

4.6K

काठमाडौं- नेपालमा प्रतिनिधिसभा विघटन र सत्तारुढ नेकपामा विभाजनको नजिक पुगेको बेला चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझोउले नेतृत्व गरेको प्रतिनिधिमण्डल काठमाडौं अवतरण गरेको छ।

एयर चाइनाको जहाजबाट आइतबार दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विमानस्थल उत्रिँदा चिनियाँ टोलीका सदस्यहरुले कोरोनाबाट सुरक्षित रहन पिपिई लगाएको थियो।

काठमाडौं उत्रेपछि चिनियाँ टोली सिधै बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ। कोरोना महामारीका कारण उनीहरू बाहिर नबसी दूतावासभित्रै बस्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

Advertisement