April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

भियतनामको एक बारमा आगलागी, ३२ जनाको मृत्यु

2.2K

काठमाडौं : भियतनाममा एउटा बारमा भीषण आगलागी हुँदा ३२ जनाको ज्यान गएको छ। 

दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा भएको आगलागीमा कम्तीमा ३२ जनाको मृत्यु भएको र  कैयौं मानिस घाइते भएको अधिकारीहरुले बताएका छन्। 

त्यहाँको सार्वजनिक सुरक्षा मन्त्रालयको आधिकारिक मुखपत्र कोङ एन हान दानका अनुसार मृत्यु हुने ३२ जनामध्ये १७ जना पुरुष र १५ जना महिला रहेका छन्। 

Advertisement

आगलागी हुँदा बारमा ६० जना रहेको बताइएको छ। आगलागीबाट बच्न धेरै मानिसहरु बालकनीमा जम्मा भएको तर काठको भित्री भागमा आगो फैलिएको कारण त्यहाँ पनि सुरक्षित बस्न नसकेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।