February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

इराकका प्रधानमन्त्रीले राजीनामा दिने

2.5K

कायरो । इराकका प्रधानमन्त्री मुस्तफा अल-काधिमीले पदबाट राजीनामा दिने भएका छन् । प्रधानमन्त्री अल-काधिमीले देशको जटिल राजनीतिक अवस्था जारी रहे पदबाट राजीनामा दिने बताएका हुन् ।

सोमबार प्रदर्शनकारीहरूले सरकारी मुख्यालयमा प्रवेश गरेपछि अल–काधिमीले अर्को सूचना नभएसम्मका लागि मन्त्रिपरिषद्को बैठक स्थगित गरे ।

यसअघि राजधानी बगदादमा एक प्रमुख नेताले राजनीति छोड्ने निर्णय गरेपछि भड्किएको हिंसामा कम्तीमा २३ जनाको मृत्यु भएको थियो । शिया मुस्लिम धर्मगुरु मोक्तादाले राजनीति छाड्ने घोषणा गरेका थिए ।

Advertisement

अल–सद्रका समर्थकहरूले सुरक्षा बलमािथ गोली र रकेट फायर गरेका थिए ।