November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

पाकिस्तानमा मनसुनी विपद्मा परी एक हजारभन्दा बढीको मृत्यु, अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल

2.8K

काठमाडौं । पाकिस्तानमा मनसुनी विपद्मा परी एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । बाढीले देशभर क्षति पु¥याएपछि पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिका, यूके, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले उक्त अपिल अन्तर्गत सहयोग उपलब्ध गराएका तर अझ धेरै स्रोतको आवश्यकता रहेको आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले बताएको बीबीसीले उल्लेख गरेको छ ।

यो वर्ष जुनयता बाढीका कारण पाकिस्तानमा १,००० भन्दा बढी मानिसको ज्यान गएको छ भने दशौँ हजार विस्थापित भएको बताइएको छ । पाकिस्तान सरकारले मानिसहरूलाई आफ्नो सामर्थ्यले भ्याएसम्म सहयोग गरिरहेको जनाइएको छ ।

Advertisement

देशको उत्तरपश्चिममा अवस्थित खैबर पक्तुन्वा प्रान्तमा नदीका तटबन्धहरू भत्किएपछि शक्तिशाली बाढी आएपछि कैयौँ मानिस विस्थापित भएका छन् भने हजारौँ मानिसहरू आफ्ना घरबाट भागेका विवरण छन् । दक्षिण पूर्वमा अवस्थित सिन्ध प्रान्तमा पनि हजारौँ मानिसहरू विस्थापित भएका छन् ।