April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा शक्तिशाली विस्फोट हुँदा २१ को मृत्यु, ३३ घाइते

2.5K

लन्डन । अफगानिस्तानको काबुल शहरस्थित एक मस्जिदमा शक्तिशाली विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ । बुधबार साँझ अबुबकिर सेदिक मस्जिदमा प्रार्थना गरिरहेका बेला शक्तिशाली विस्फोट भएको बीबीसीले जनाएको छ । विस्फोटमा ३३ जना घाइते भएका छन् ।

विस्फोटबाट मस्जिद आसपासका घरका झ्यालहरु समेत चर्किएको र नजिकैका भवन भत्किएको बताइएको छ । गत वर्ष तालिवान सत्तामा आएपछि राजधानी काबुलमा भएको यो नै ठूलो विष्फोट हो ।

अहिलेसम्म कसैले पनि घटनाको जिम्मा लिएका छैनन् । इस्लामिक स्टेट (आईएस) का लडाकुहरूले काबुलमा पनि आत्मघाती बम विस्फोटमा तालिबान समर्थक धर्मगुरुलाई मारेको एक हप्तापछि घटेको यस आक्रमणको पछाडि कसको हात थियो भन्ने स्पष्ट छैन । काबुलमा विस्फोट भएको ठाउँलाई अहिले सिल गरिएकोछ ।

Advertisement

एक प्रत्यक्षदर्शीका अनुसार मस्जिदको झ्यालबाट पनि मानिसहरूलाई फ्याँकिएको थियो । विशेषगरी आक्रमणकारीसँग नजिक भएका सबै व्यक्तिहरूको मृत्यु भएको जनाइएको छ ।