April 23, 2025, Wednesday
२०८२ बैशाख १०
1:37:26 pm

अस्ट्रेलियाको क्यानबेरास्थित विमानस्थलमा गोलीबारी

2.7K

काठमाडौं । अस्ट्रेलियाको क्यानबेरास्थित विमानस्थलमा गोली चलेको छ । यस हमलामा कुनै क्षति भएको विवरण भने आएको छैन ।

जानकारी अनुसार उक्त हमलाका अभियुक्त पक्राउ परेका छन् । प्रहरीले विज्ञप्ति जारी गर्दै यो घटना अभियुक्त एक्लै गरेको जनाएको छ । उनको साथबाट एउटा बन्दुक समेत बरामद भएको छ ।

प्रहरीका अनुसार बिहान करिब १ः३० बजे मुख्य टर्मिनल रहेको भवनमा गोली चलेको थियो । गोलीबारीपछि घटनास्थलमा हलचल मच्चिएको थियो । गोलीबारीपछि टर्मिनलका केही भाग बन्द गरिएको थियो ।

Advertisement