January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

इजरायल र प्यालेस्टाइनबीच युद्धविरामको सहमति

2.6K

काठमाडौं : इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति भएको छ।

तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको मृत्यु भएपछि दुबै पक्ष युद्धविराम कार्यान्वयनको लागि सहमत भएका हुन्। प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) का लडाकुहरूले इजिप्टका मध्यस्थकर्ताहरूले मध्यस्थता गरेको वार्तापछि युद्धविराम सुरु भएको बताएका छन्।  इजरायली प्रधानमन्त्री यायर लापिडको कार्यालयले युद्धविरामको पुष्टि गरेको छ।

mostbet

पछिल्लो तीन दिनमा भड्किएको हिंसाका कारण१५ जना बालबालिकासहित ४३ जनाको ज्यान गएको छ। यो भिडन्त इजरायल र गाजा बीच मे २०२१ मा भएको ११ दिने हिंसापछिको सबैभन्दा गम्भीर भिडन्त भएको बीबीसीले जनाएको छ। 

Advertisement

इजरायली सेनाले गाजामा इस्लामिक जिहादलाई लक्षित गरेर कयौं रकेट र ड्रोन प्रहार गरेको पुष्टि भएको छ। युद्धविरामको सहमति भएको केहिबेरसम्म पनि दुवै पक्षले रकेट प्रहार गरेका  थिए।

इजरायली सेनाले गाजा पट्टीबाट आतंकवादी समूहले आक्रमण थालेपछि त्यसको जवाफ दिएको जनाएको छ। इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पीआईजेका एक वरिष्ठ सदस्यलाई गिरफ्तार गरेपछि तनाव सुरू भएको थियो। 

गाजाको स्वास्थ्य मन्त्रालयले ४३ जना प्यालेस्टाइनीको मृत्यु र ३०० भन्दा बढी घाइते हुनुमा इजरायली आक्रमणलाई दोष दिएको छ।