March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

अमेरिकी बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई रूसमा ९ वर्षको जेल सजाय

2.1K

लन्डन । अमेरिकी महिला बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई ९ वर्षको जेल सजाय हुने भएको छ । उनलाई रूसको एउटा अदालतले लागु औषध प्रशोधन र ओसारपसारको आरोपमा ९ वर्षको जेल सजाय सुनाएको हो ।

ग्रिनरले भने आफूले केही कोस्टर आयल बोकेको भए पनि त्यो लागुऔषध तस्करी र कारोबार प्रयोजनको लागि नभएको बताएकी छन् । आफूबाट अन्जानमै ‘इमानदार गल्ती’ भएको भन्दै ग्रिनरले क्षमायाचना गरे पनि अदालतले उनको याचना नसुनी सजाय सुनाएको हो ।

दुई पटककी ओलम्पिक स्वर्ण विजेता बास्केटबल खेलाडी ग्रिनरमाथिको कारबाही कनैपनि हालतमा स्वीकार्न नसकिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । उनले रूसले अमेरिकासँग राजनीतिक सत्रुता साँध्ने काम गरेको भन्दै भने, ‘रसियाले गलत तरिकाले ब्रिटनीलाई हिरासतमा राखेको छ । यो अस्वीकार्य छ । उनलाई तुरुन्तै रिहा गर्न म रूसलाई आग्रह गर्दछु ताकि उनले आफ्नो परिवारसँग भेट्न पाउन् ।’

Advertisement

यस्तै रूसस्थित अमेरिकी दूतावासका चार्ज डी अफेयर्स एलिजाबेथ रूडले उक्त सजायलाई ‘न्यायको अपहेलना’ भएको प्रतिक्रिया दिएका छन् । युक्रेनमा रूसको जारी राखेको आक्रमण र अमेरिका तथा युरोपसँग देशको चर्काचर्कीको पृष्ठभूमिमा यो कठोर सजाय सुनाइएको अमेरिकाले आरोप लगाएको छ ।

अमेरिकी विदेश विभागले ग्रिनरलाई गलत तरिकाले हिरासतमा राखेको भन्दै अमेरिकी अधिकारीहरूले उनलाई सुरक्षित रूपमा घर ल्याउने प्रयासमा रूससँग वार्ता भइरहेको बताएको छ ।

३१ वर्षीया किशोरी ६ महिनाअघि १ ग्रामभन्दा कम तेल कोष्टर आयल बोकेको आरोपमा मस्को एयरपोर्टबाट पक्राउ परेकी थिइन् ।