April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अफिस भवनमा विमान खस्दा ८ जनाको मृत्यु

3.1K

एजेन्सी । उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा निजी विमान खस्दा त्यसमा सवा ८ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो ।

दुर्घटनामा पर िविमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कुसँगै उनको पत्नी र छोराको पनि मृत्यु भएको छ । इटालियन मिडियाका अनुसार पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरु मध्येमा पर्दछन् ।

दुर्घटना हँुँदा अफिस भवन र पार्किङ गरिएका गाडीमा आगलागी भएको थियो । तर, जमिनमा रहेका कोही पनि घाइते भएनन् ।

Advertisement

दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ । केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी–१२ विमानमा दुर्घटनाअघि नै आगोका लप्काहरु देखिएका थिए ।