एजेन्सी – भारतमा कोरोनाको दोस्रो लहर साम्य हुने क्रममा छ । त्यहाँ लगातार कोरोना संक्रमित हुनेहरुको संख्यामा कमि आइरहेको छ ।२ लाख ६३ हजार २१ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यो लगातार दोस्रो दिन हो, जहाँ एक दिनमा तीन लाख भन्दा कम केसहरु आएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टा यता कोरोनाबाट निको हुनेको संख्या पनि बढेको छ । सोमबार मात्रै त्यहाँ ४ लाख २२ हजार भन्दा बढी निको भए ।
तर, त्यहाँ कोरोनाको कारण मृत्यु हुनेको आंकडा (मृत्युदर) भने ह्वात्तै वृद्धि भएको छ । भारतमा गएको दिन ४ हजार ४३३ को मृत्यु भयो । जुन हालसम्मकै धेरै हो ।