November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

चेल्सीसँगको खेलमा इङ्ग्लिस क्लब पराजित

२०७७ फाल्गुन २१

3.8K

काठमाडौँ– चेल्सीसँगको खेलमा इङ्ग्लिस क्लब लिभरपुल पराजित भएको छ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई चेल्सीले उसकै मैदानमा पराजित गरेको हो ।

गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई उसैको मैदानमा १–० गोल अन्तरले पराजित गर्दै जीत हासिल गरेको हो ।

एनफिल्डमा चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे । उनले खेलको ४२औँ मिनेटमा निर्णायक गोल गरे ।

Advertisement

जीतसँगै चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ ।

यो सिजनमा चेल्सीले २७ खेलमा ४७ अंक जोडेको छ । साविक विजेता लिभरपुल भने ४३ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।