April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली

२०७७ फाल्गुन १८

2.7K

लण्डन: बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गर्नुभएको छ ।

हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्कनुभएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आउनुभएका रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत हुनुहुन्छ । रेग्मी सन् १९९५ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरी सन् २००२ मा वन मन्त्रालयमा उपसचिव, सन् २००६ मा अर्थ मन्त्रालयमा सहसचिव, सन् २०१४ मा भूमिसुधार मन्त्रालयमा सचिव र सन् २०१७ मा मुख्यसचिव हुनुभएको थियो ।

सोमबार मात्र लण्डन आइपुग्नुभएका रेग्मीले सोही दिन नै कार्यभार सम्हाल्नुभएको हो । उहाँलाई लण्डनको हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट सैनिक सहचारी, कर्मचारीलगायतले स्वागत गरेको दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिनुभयो ।

Advertisement