April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

पछिल्लो २४ घण्टामा थपिए ९६ जना कोरोना संक्रमित, ३ जनाको निधन

3.2K

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३ हजार ५४१ नमुना परीक्षणमा ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ४२ र पुरुष ५४ जना रहेका छन् । आज थपिएका ९६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार १६६ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ६९ हजार ५०५ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट ३ जनाको निधन भएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५८ रहेको छ ।