November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

ग्रीसका प्रधानमन्त्रीद्वारा लकडाउनको घोषणा

3.3K

एन्थेस– ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गरेका छन्।

कोरोना भाइरसको महामारी फैलिँदै गएपछि न्यूनीकरण गर्न भन्दै उनले मङ्गलबार अत्तिका क्षेत्रमा लकडाउन घोषणा गरेका हुन्। 

ग्रीसका झण्डै आधा जनसङ्ख्या रहेको मानिने त्यस क्षेत्रमा थप मानवीय सङ्कट नपरोस् भनेर लकडाउन घोषणा गर्न अधिकारीहरूले सिफारिस गरेका थिए।

Advertisement

लकडाउन घोषणा गरिएकाले त्यस क्षेत्रका सबै विद्यालयहरू बन्द भएका छन् भने विद्यार्थीहरू फेरि अनलाइन कक्षामा फर्किएका छन्।  

त्यसैगरी अन्य पसल तथा सेवाका क्षेत्रसमेत धेरै बन्द गरिएको छ। ग्रीसमा गत नोभेम्बरको ७ तारिखदेखि देशव्यापी लकडाउन लागू गरिएको थियो।