हङकङ । कवि प्रकाश थाम्सुहाङको ‘एकल कविता वाचन-२०२३’ हुने भएको छ । बगैंचा संचारको आयोजना तथा विएस एकेडेमीको व्यवस्थापनमा कार्यक्रम आयोजना हुन लागेको हो ।
आयोजकका अनुसार डिसेम्बर ४ का दिन साँझ ६:३० मा बगैचा रेस्टुरेन्टमा कार्यक्रम हुने तय भएको छ । कार्यक्रम को सिलसिलामा हङकङ पुगेका थाम्सुहाङलाई साहित्य शृङ्खलाले ताम्रपत्रसहित सम्मान गरेको थियो ।
पचासको दशकदेखि लेखनयात्रामा निरन्तर रहेका कवि, समालोचक, निबन्धकार, गीतकार तथा स्तम्भकार थाम्सुहाङ हाल याक्थुङ लेखक संघ तथा इलामनगर साहित्य, कला, संगीत प्रतिष्ठानका अध्यक्ष रहेका छन् ।
थाम्सुहाङका ‘पालामको मुर्घना’ (कवितासंग्रह-२०६३) प्रकाशित छ भने हालसालै ‘शब्दथुम’ (निबन्धसंग्रह) प्रकासनमा ल्याएका छन् । उक्त कृतिलाई हङकङमा समेत सार्वजनिक गरिएको थियो ।