January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

देशका ६९ जिल्लामा डेंगु फैलियो, सर्तक रहन चिकित्सकहरुको सुझाव

3.2K

काठमाडौं । काठमाडौ उपत्यकामा डेंगुका विरामी बढेका छन् । देशका विभिन्न अस्पतालहरुमा पनि विरामीको चाप बढेको छ । काठमाडौको शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक ६० देखि सय जनाको संख्यामा डेंगुका विरामी अस्पताल आउने गरेका छन् ।

अस्पतालमा विरामीको चाप बढेसंगै एउटै बेडमा दुई विरामी तथा कुर्सीमा समेत राखेर विरामी उपचार गराउनु पर्ने अवस्था देखिको छ । देशका ६९ जिल्लामा डेंगु फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

डेंगु भाइरस एडिस अर्थात जेब्रा जातको लामखुट्टेले सार्ने चिकित्सकहरु बताउँछन् । एडिस जातको लामखुट्टेको शरीर कालो सेतो रंङको हुन्छ ।

Advertisement

लामखुट्टेले संक्रमित व्यक्तिलाई टोक्दा रगतमार्फत भाइरस लामखुट्टेको शरीरमा प्रवेश गर्दछ । ८ देखि १२ दिनपछि सो सङ्क्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा भाइरस सर्ने गर्दछ ।

चिकित्सकहरुका अनुसार एडिस जातको लामखुट्टे अत्यधिक सक्रिय र व्यापक अवस्थामा छ । लामखुट्टे नियन्त्रणमा नल्याउँदासम्म डेंगु नियन्त्रणमा ल्याउन नसकिने चिकित्सकहरु बताउँछन् । लाखमुट्टे विहान तथा साँझको समयमा बढी सक्रिय हुने हुनाले सो समयमा सतर्क हुन उनीहरुको सल्लाह छ ।

डेंगु संक्रमण देखिएपछि शारीरिक पिडा एकदमै बढी हुने गर्दछ । शरीर दुख्ने, ज्वरो आउने, आँखा दुख्ने, वाक–वाक लाग्ने, बान्ता हुने, खाना नरुच्ने, पखालालगायतका लक्षण डेंगु संक्रमण भएपछि देखिने गर्दछन् । संक्रमण भएपछि चारदेखि १० दिनसम्म लक्षण देखिने गर्दछन् ।

डेंगुको उपचारमा यकिन औषधि नभएकोले विरामीको अवस्था हेरेर उपचार गरिने गरिन्छ । सामान्यतया दीर्घरोगी, उमेर पुगेका बूढाबूढीलाई डेंगुले अलि बढी जटील बनाउने गर्दछ । सामान्यतया डेंगु भएकाहरुले झोलिलो खानेकुरा खाने गर्नु पर्दछ । भाँडा वा खाल्डो संकलन नगर्ने, घर वरीपरि हिलो वा झाडी हुन नदिने लगाएत ठाउँमा बढी लामखुट्टे आउने भएकाले त्यसमा ध्यान दिनु पर्दछ ।