काठमाडौँ- आइतबार र सोमबार बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार भने घटेको छ। मंगलबार परिसूचक १७.७९ अंकले घटेर २४२३.०९ अंकमा कायम भएको छ।
मंगलबार २०७ वटा कम्पनीको १ करोड ९६ लाख ६ हजार ५ सय ५५ कित्ता सेयर ६३ हजार ८ सय १८ पटक खरिद बिक्री हुँदा ८ अर्ब २७ करोड ९७ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
होटल र वित्त समूहको उपसूचकमा क्रमशः ५४.०५ र १३.०५ अंकले वृद्धि देखिएको छ भने बाँकी सबै समूहको उपसूचक रातो देखिएको छ।