April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

नेप्से र कारोबार रकम दुबैमा नयाँ रेकर्ड

2.9K

काठमाडौं: साताको पहिलो कारोबार दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा नयाँ रेकर्ड कायम भएको छ। हालसम्मकै उच्च भोल्यूम सहित नेप्से अलटाइम हाइ विन्दुमा पुगेको छ।

आइतबार नेप्से परिसूचक ५०.२० अर्थात २.११ प्रतिशत बढेर २४२४.८४ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बन्द विन्दु (हाइ क्लोजिङ्ग पोइन्ट) हो। त्यसैगरी, यस दिन हालसम्मकै उच्च रकमको कारोबार भएको छ। यस दिन २०७ कम्पनीको ७९ हजार ४९८ पटकको कारोबारमा ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस अघि गत मंसिर १४ गते नेप्सेमा सर्वाधिक ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो । यस दिन सेन्सेटिभ इण्डेक्स ६.४७ अंक बढेर ४५२.०६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स २.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३ अंक बढेको छ।

Advertisement