April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

भूमिहीन, दलित र सुकुम्बासीले ३५ दिनभित्र निवेदन दिन आयोगको सूचना

5.1K

काठमाडौं-भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र व्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रयोजनका लागि भन्दै ३५ दिने सूचना जारी गरेको छ।

सातवटै प्रदेशका स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफूले बसोबास वा भोगचलन गरिरहेको जग्गा पाउन आयोगले सूचना जारी गरेको हो।

भूमिहीन व्यक्ति तथा परिवारहरुको विवरण संकलन गर्नका लागि सबै स्थानीय तहमा कर्मचारी खटाईने छन् भने सम्बन्धित वडा कार्यालयमार्फत् पनि आफ्नो विवरण पेश गर्न सकिनेछ।

Advertisement