April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

दैनिक रुपमा वृद्धि हुँदै सुनको मूल्य, यस्तो छ आजको बजार भाउ ?

2K

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले उकालो लागेको छ । मंगलबार प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज ९३ हजार १०० रूपैयाँ पुगेको छ ।

यसैगरी, आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रूपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार प्रतितोला १ हजार २६० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैँयाले बढेर प्रतितोला १ हजार २७५ रुपैंया मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सूचना दिएको छ ।

Advertisement