November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेप्सेमा १५.८७ अंकको सुधार

2.8K

काठमाडौं- पछिल्लो दुई सातादेखि निरन्तर उकालो लागेर मंगलबार ५.५७ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बुधबार फेरि लयमा फर्किएको छ। बुधबार नेप्सेमा १५.८७ अंकको सुधार आएको हो। बुधबार नेप्से २३४२.७६ अंकमा कायम भएको छ।

२११ वटा कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता सेयर ५३ हजार ३ सय ३४ पटक खरिद बिक्री हुँदा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

बैंकिङ समूहमा २.४३, व्यापार समूहमा ८.९२, होटल समूहमा २२.७७, उत्पादन समूहमा ६२.९४ र अन्य समूहमा ११.७७ अंकले घटेको छ।

Advertisement