काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले ओरालो लागेको छ । आइतबार प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको छापावाल सुन आज ९२ हजार रूपैयाँमा पुगेको छ ।
यसैगरी, आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रूपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।
सोमबार प्रतितोला १ हजार २३० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैँयाले बढेर प्रतितोला १ हजार २४५ मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सूचना दिएको छ ।