April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

ओरालो लाग्यो सुनको मूल्य

2.1K

काठमाडौं: लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा सोमबार पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार सोमबार छापावाला सुन तोलामा रु २ सयले घटेको छ ।

प्रतितोला रु ९१ हजार ८ सयमा आइतबार कारोवार भएको छापावाला सुन सोमबार भने तोलामा रु ९१ हजार ६ सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९१ हजार ३ सयमा कारोबार भएकामा आजका लागि भने रु ९१ हजार १ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी तोलामा रु एक हजार २ सय ३० मा कारोबार हुनेछ ।

Advertisement