April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लकडाउनपछि नवीकरण हुन नपाएका प्राइभेट फर्म चैत २० गतेसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने

2.8K

काठमाडौं– कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गतेबाट देशव्यापी रुपमा लागू भएको लकडाउनका कारण दर्ता नवीकरण हुन नपाएका प्राइभेट फर्महरु आगामी चैत २० गतेसम्म नवीकरण हुँदा जरिवाना नलाग्ने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राईभेट फर्म रजिष्ट्रेसन (तेह्रौं संशोधन) नियमावली २०७७ मा संशोधन गर्दै गतवर्ष चैत ११ गतेपछि नवीकरण छुटेका फर्महरुलाई बिना कुनै विलम्ब शुल्क तथा जरिवाना नवीकरण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएको हो। 

त्यस्तै २०४२ सालदेखी नवीकरण छुटेका प्राईभेट फर्महरुलाई निश्चित जरिवाना तिराएर नवीकरण गर्न सकिने बाटो पनि मन्त्रालयले खोलिदिएको छ। प्राइभेट फर्म रजिष्ट्रेशन ऎन, २०१४ अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा करिब ५ लाख जति फर्महरु दर्ता भएका छन्। तर आधा जति फर्महरुले मात्रै समयमा आफ्नो फर्म नवीकरण गर्ने गरेको विभागका प्रवक्ता शिवराज सेढाईंको भनाइ छ।

Advertisement