March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

घट्यो सुनको मूल्य

4.5K

काठमाडौँ-नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला २ हजार ३०० रूपैयाँले घटेको छ ।

छापावाला सुन शुक्रबार प्रतितोला ९५ हजार ३०० रूपैयाँमा कारोबार भएकोमा आज ९३ हजार रूपैयाँ कायम गरिएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ३३० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २७० रूपैयाँमा कारोवार भइरहेको छ ।