September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघको ११औं वार्षिकोत्सव सम्पन्न

1.3K

काठमाडौं । एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघ नेपालको ११औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सरोज आलेको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित भएका छन् ।

नवनिर्वाचित उक्त कार्यसमितिको उपाध्यक्षहरू सरमान लिम्बु, तिलक प्रसाद चापागाई, प्रभुप्रसाद चौधरी, महासचिव प्रज्वल श्रेष्ठ, सचिव ऋषिकेश ढकाल, कोषाध्यक्ष लालबहादुर बानिया (अनीश) र सहकोषाध्यक्ष धनिजंग राई चुनिएका छन् ।

सदस्यहरुमा टोमप्रसाद कोईराला (गोपाल), अन्जनी कोईराला, जुनु माङलेखु लिम्बु, गोमा लिम्बु, कुशल श्रेष्ठ, ईश्वर पौडेल र चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् ।

Advertisement

सोही अधिवेशनबाट निवर्तमान भएका एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघका अध्यक्ष ऋषिकुमार चौलागाईको सभापतित्व तथा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यकमको पहिलो सत्रमा केही समयअघि सम्पन्न एसईईको परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरु स्वरुपराज चौलागाई, इसिता थापा मगर, सुलभ श्रेष्ठ, नितेशराज गिरी, शैलेश आचार्य, रोशन ढकाल, प्रत्यूष लामिछाने, दिक्षान्त नेपाल, ऐश्वर्या पौडेल, बिराज उप्रेती, आरोशी दाहाल, मनिष श्रेष्ठ र प्रशंन्ना पौडेललाई सम्मान गरिएको थियो ।

यसैगरि यसवर्षको उत्कृष्ट होटल व्यवसायीको सम्मान होटल एसियाका संचालक रमेश कार्र्की, गौशाला पशुपति गेष्ट हाउसका संचालक शिवशंकर राउत र न्यु सगरमाथा गेष्ट हाउसका संचालक गोबर्धन राईलाई प्रदान गरिएको थियो । संस्थालाई सधै सहयोग गर्ने माधवप्रसाद आचार्य, महेश गोयल, अनिल अग्रवाल, सुजन खड्का र शिलादेबी गुरुङ्ग पनि सो कार्यक्रममा सम्मानीत भएका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै महासंघका अध्यक्ष चुकेले होटल व्यवसायीहरुको अहिलेको मुख्य समस्या भनेको विद्यमान पर्यटन ऐन नै भएको बताए । आफ्नो कार्यकालको समिक्षा गर्दै संघका निर्वतमान अध्यक्ष ऋषिकुमार चौलागाईले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, विश्व आर्थिक मन्दी, डेंगीलगायतको प्रभावले होटल व्यावसायीहरु निरन्तर मारमा परेको र कतिपय व्यवसायीहरु संकटग्रस्त हुदै विस्थापित हुनुपरेको चर्चा गरेका थिए ।

एकता होटल तथा गेष्ट हाउस व्यावसायी संघ नेपालका निर्वतमान वरिष्ठ उपाध्यक्ष सुरेश बरालले स्वागत मन्तव्य राख्दै एघार बर्षअघि यस संस्था स्थापना गर्ने क्रममा जुन उद्देष्य र परिकल्पना गरिएको थियो त्यो अहिले पुरा भएको बताएका थिए ।