April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

साइलेजलाई लक्षित गर्दै शिखर इन्स्योरेन्सको नयाँ योजना बीमा

1.5K

काठमाडौं । शिखर इन्स्योरेन्सले साइलेजलाई लक्षित गर्दै नयाँ योजना बीमा ल्याएको छ ।

पशु आहारको रूपमा प्रयोग हुने घाँसको सुरक्षित भण्डारण गर्ने प्रविधिलाई साइलेज भनिन्छ।

शिखरले नेपालमा साइलेज बनाउन मिल्ने बाली र बालीबाट उत्पादित साइलेजको बीमालेख सुरु गरेको हो।

Advertisement

यो नयाँ बीमाले साइलेज बनाउन लगाइने बालीको लागत मूल्यको आधारमा सुरक्षण गर्दछ।

त्यसैगरी, कृषकले सिलो झोला, सिलो पिट वा ड्रमजस्तो विधिबाट भण्डारण गरी साइलेज बनाउने प्रक्रिया सुरु गरेपश्चात सो भण्डारणको समेत बीमा गर्न मिल्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका रिसर्च एण्ड डेभलपमेन्ट विभागका प्रमुख महाप्रबन्धक उदितप्रसाद काफ्लेले नेपाली माटोको उत्पादन सुरक्षण गर्ने र नेपालीको जोखिम पहिचान गर्दै आवश्यकता अनुसारको बीमालेखहरू बजारमा ल्याउने उद्धेश्यसहित यस कम्पनीले साइलेज बाली बीमालेख सुरु गरेको बताए।

साईलेजको गुण धेरै र मूल्य पनि कम भएको कारण कृषि लागत कम गर्न नेपालमा साइलेजको सम्भावना र माग समेत धेरै छ। हाल नेपालबाट उत्पादन र प्याकेजिङ गरी अन्तर्राष्ट्रिय बजार समेत बनाउन सकेको साइलेजको अब बीमा गर्न सकिने भएको छ।

हरियो घाँसबाट पोषक तत्व र घाँसको मौलिक गुणहरू नष्ट नहुने गरी धेरै समयसम्म भण्डारण गरी हिउँदमा वा कृषकको आवश्यकताअनुसार प्रयोग गर्ने उद्देश्यले साथ हावा नछिर्ने गरी प्याकेजिङ गरी राखिएको पशु आहारालाई साइलेज भनिन्छ।