November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

वल्र्डलिङ्कले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी

1.9K

काठमाडौं । इ–स्पोर्टस् समुदायलाई लक्षित गर्दै वल्र्डलिङ्कले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ।

गेमिङ प्याकेज बिहीबार राति ८ बजे भर्चुअल रुपमा सार्वजनिक गर्ने तयारी रहेको वल्र्डलिङ्क कम्युनिकेसनले जनाएको छ। वल्र्डलिङ्कको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेर प्याकेज सार्वजनिक गर्ने कम्पनीको तयारी छ।

मोबाइल गेमिङ समुदायका लागि प्रतिक्षित मानिएको उक्त प्याकेज केही इ–स्पोर्टस् खेलाडीले परीक्षणका रुपमा प्रयोग गर्दै आएको कम्पनीले बताएको छ । उनीहरुले उक्त प्याकेज प्रयोग गर्दा पब्जीको लेटेन्सी एकदमै न्यून पाएको खुलासा गरेका छन् । उक्त प्याकेज ‘प्रो गेमिङ वाइफाइ सिक्स’ राउटरको साथमा उपलब्ध हुने बताइएको छ। जसले गर्दा इ–स्पोर्टसमा अहिले देखिएको लेटेन्सीको समस्या सम्बोधन हुने अपेक्षा गरिएको छ।

Advertisement

कम्पनीका अनुसार पब्जीसँगको सहकार्यमा नेपालमै पहिलोपटक यस्तो प्याकेज ल्याउन लागिएको कम्पनीको दाबी छ ।