काठमाडौं: सुनचाँदी व्यवसायीहरुले कोभिड–१९ का कारण लामो समय लकडाउन भएपछि व्यापार ठप्प हुँदा धरासायी हुने अवस्थामा पुगेको बताएका छन् ।
सुनचाँदी व्यवसायलाई सरकारबाट कुनैपनि राहतका कार्यक्रम नआएको, बैंकको किस्ता तथा ब्याज तिर्न समस्या भएको र घरभाडा बुझाउन समस्या भएको र यही अवस्था रहेमा धरासायी हुने अवस्थामा पुग्ने बताएका छन् ।
यस्तै लकडाउन खुलेपछि पनि सुनको भाउमा उच्च वृद्धि हुँदा व्यापार कम भएकाले समस्या उत्पन्न भएको बताएका छन् ।