तेह्रथुम । गाउँका कृषकले बन्दा र काउलीको भाउ नपाएपछि लालीगुराँश नगरपालिका तेह्रथुमका मेयर अर्जुनबाबु मावुहाङ बजार अनुगमन गर्न निस्किएका छन् ।
मावुहाङका अनुसार पानीटंकी, मालगुडीका सब्जीमण्डी ब्यापारी, नेपालका भन्सार, भारतको भन्सारका कर्मचारी, नेपाल र भारतका भन्सार एजेन्ट, नेपाल र भारतका पलान्ट क्वारेन्टाइनका करमचारी तथा पानीटेंकी मण्डी, सिलिगुडी मण्डीबजारको अध्ययन गर्ने कार्य भएको छ ।
बजार अनुगमनका बारेमा जानकारी दिन किसान, व्यापारी र जनप्रतिनिधिसहितको अन्तरक्रिया हुने मावुहाङले फेसबुकमा सेयर गर्दै राखेका छन् ।
“अन्तरक्रियाको लागि पालिकाबाट पत्रचार आम कृषक, व्यापारी वर्गहरुमा गराउँदछु ।” मावुहाङले जानकारी दिएका छन् ।