November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सुनको मूल्य प्रतितोला १३०० सय रूपैयाँले घट्यो

3.2K

काठमाडौँ-नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला १ हजार ३०० रूपैयाँले घटेको छ ।

छापावाला सुन बुधबार प्रतितोला ९६ हजार ७०० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ९५ हजार ४०० रूपैयाँ कायम गरिएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९६ हजार २०० मा कारोवार भएको थियो ।

Advertisement

यस्तै चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३३० रूपैयाँमा कारोवार भइरहेको छ ।