April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न नसक्ने हो भने १० वर्षपछि किसान नै रहने छैनन्: जनार्दन शर्माइषि

1.4K

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई औद्योगिक क्षेत्रमा स्थापित गर्नुपर्ने बताए । जसका लागि अन्य क्षेत्रको बजेट कटौती गरेर कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा बोल्दै उनले भने ‘कृषिलाई यान्त्रीकरण र आधुनिकीकरण गर्न जरुरी छ ।’ कृषि क्षेत्रलाई औद्योगिक क्षेत्रमा स्थापित गर्न सकेमात्र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिने उनको भनाइ थियो ।

‘कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न नसक्ने हो भने १० वर्षपछि किसान नै रहने छैनन् । ठूला तथा साना सिँचाई आयोजनाहरुको विस्तार गरेर कृषि क्षेत्रमा आकर्षण बढाउनुपर्छ ।’, उनले भने ।

Advertisement

कृषि पेन्सन कार्यक्रम कटौती गरेको भन्दै उनले कृषि क्षेत्रबाटै स्वरोजगार वृद्धि गर्न सकिने पनि बताए ।

यस्तै, महासचिव शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यकता नरहेको बताए। बरु अर्गानिक मल कारखानाको अवश्यक्ता रहेको उनले बताएका हुन् । उनले भने, ‘आज रासायनिक मल कारखानाको कुरा आईराखेको छ । नेपालमा रासायनिक मल कारखानाको आवश्यक्ता छैन । अर्गानिक मल कारखानाको आवश्यक्ता छ । हामीसँग भएका स्रोत, साधनहरूबाट, खनिजबाट हामी अर्गानिक मल कारखाना बनाउन सक्छौं । त्यतातर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

सरकारले उत्पान र बाँझो जमिन प्रयोगमा ध्यान दिनुपर्ने बताए । ‘कृषिमा आधारित उद्योगलाई संघले अध्ययन र अनुसन्धान गर्ने, विज्ञहरूको उपलब्धता गराउने र प्रदेशले प्रशोधन उद्योगहरू स्थापना गर्ने, कोलस्टोरहरु बनाउने र स्थानीय सरकारले उत्पादनमा जोड दिने, बाँझो जमिनको प्रयोगमा ध्यान दिनु पर्दछ ।’, उनले थपे ।