April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोशी प्रदेशमा ३६ अर्ब २४ करोडको बजेट

1.4K

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ ।

माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकार छाडेपछि अल्पमतमा परेको एमाले नेतृत्वको सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेर बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको हो । विगतमा प्रदेशसभामा बजेट सार्वजनिक गर्ने प्रचलन भए पनि यसपटक आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक मामिला मन्त्रालयको हलबाट बजेट प्रस्तुत गरे ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर आर्थिक वर्षको बीचमा संशोधन गरी ३७ अर्ब ६९ करोड १८ लाख रुपैयाँ कायम गरेको थियो । आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षको कुल बजेट भन्दा ३ अर्ब ४९ करोड रुपैयाँ र संशोधित बजेटभन्दा १ अर्ब ४५ करोड रुपैयाँले कम हो ।

Advertisement

मुख्यमन्त्री कार्कीले अगामी आार्थिक वर्षका लागि चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रुपैयाँ, वित्तीय व्यवस्थाका लागि १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ६० करोढ २९ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

हेर्नुहोस् बजेटको पूर्णपाठ