November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अर्थमन्त्रीले शुक्रबार बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने

1.9K

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् । बिहान ११ बजेर ३१ मिनेटको लागि बोलाइएको राष्ट्रिय सभाको बैठकमा उनले प्रश्नहरुको जवाफ दिनेछन् ।

बैठकमा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौत्तमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची निकालेर बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री महतले दिने तय भएको जानकारी दिएका छन् ।

Advertisement