काठमाडौँ – शेयर बजार परिसूचक नेप्से बुधबार १३ अङ्कले बढेको छ ।
नेप्से १३ दशमलव शून्य ७ अङ्कले बढेर २ हजार १ सय ७८ दशमलव ५७ विन्दुमा पुगेको छ । बुधबार व्यापार र जलविद्युत् बाहेक अरू सबैजसो समूहको शेयर बढेको छ ।
निर्जीवन बीमा समूहको शेयर १ सय १२ अङ्कले, माइक्रो फाइनान्सको ५६ अङ्कले, विकास बैंकको २२ र बैंक समूहको शेयर ११ अङ्कले बढेको छ । बुधबार दुई सय पाँच कम्पनीका एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब ४२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
कालिका माइक्रो क्रेडिट विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् ।
समग्र बजार बढे पनि जोशी हाइड्रोपावरका लगानीकर्ताले पाँच प्रतिशत गुमाएका छन् ।