April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अर्थतन्त्रका चुनौतिप्रति सरकार बेखबर छ: विष्णु पौडेल

1.6K

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अर्थतन्त्रका चुनौतिप्रति बेखबर रहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभामा जारी आर्थिक वर्ष २०८०–८१ को विनियोजित विधेयकमाथिको छलफलमा बोल्दै पौडेलले चुनौती कहाँनेर छ र त्यसलाई कसरी सामना गर्नुपर्ने हो भन्नेमा सरकार बेखबर रहको बताएका हुन् ।

पौडेलले भने, ‘विनियोजन विधेयक प्रस्तुत गर्नु नियमित धर्म निर्वाह मात्रै हैन, यसले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिने बजेटलाई ठीक ढंगले मार्गदर्शन गर्न सक्नुपर्दछ । तर सरकार अर्थतन्त्रका चुनौतिप्रति बेखबर रहेको महसुस गरेँ । चुनौती कहाँनेर छ, र त्यसलाई कसरी सामना गर्नुपर्ने हो भन्नेमा सरकार बेखबर रहको पाएँ ।’

उनले बजेटको सिद्धान्त र प्राथमिकता मुलुकको अर्थतन्त्रको वास्तविकतामा आधारित हुनुपर्ने उनले बताए । ‘केही दिनअघि मात्र राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको आर्थिक वर्षको आर्थिक वृद्धिदरले राम्रो संकेत गरेको छैन । आर्थिक वृद्धिदर ऋणात्मकतामा जाने खतरा देखिएको छ’, पौडेलले भने ।

Advertisement

यति मात्र नभएर वर्तमान आर्थिक सूचकहरु नकारात्मक भएको भन्दै पौडेलले यसको उपचारमा सरकारको सिद्धान्त र प्राथमिकता चुकेको उनले आरोप लगाए । ‘नेपाली अर्थतन्त्र मन्दिको अवस्थामा पुगेको छ । यो तथ्यलाई ढाक्छौ कि स्वीकार गछौं ? यसलाई लयमा फर्काउने संकल्प गछौं या गर्दैनौं, दोबाटोमा हामी छौं । अहिले हामीले नेपाली अर्थतन्त्र मन्दीमा गएको अवस्थालाई स्वीकार गर्दै सामना गर्ने अठोटका साथमा बजेट प्रस्तुत हुनुपर्छ ।’, पौडेलले भने ।