April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाल उद्योग वाणिज्य महासंघमा रोचक नतिजा

2.1K

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनमा एसोसिएट सदस्यमा मिश्रित नतिजा आएको छ । अर्थात् त्रिपक्षीय नतिजा आएको छ ।

एसोसिएट उपाध्यक्षमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्यानलबाट संयुक्त उम्मेदवार भरत आचार्य र रामचन्द्र संघईको प्यानलबाट ज्योत्सना श्रेष्ठ उमेदवार छिन् । उपाध्यक्षमा संघई प्यानलबाट दुई र उमेशलाल श्रेष्ठ प्यानलबाट एक जना निर्वाचित भएका छन् ।

जिल्ला नगर र एसोसिएटमा संघई समूहबाट उपाध्यक्ष निर्वाचित भएका हुन् । जिल्ला नगरमा सुरकृष्ण बैद्यले बाजी मारेका छन् भने एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना सुब्बा श्रेष्ठ निर्वाचित भइन् ।

Advertisement

१९ जना सदस्य चुनिएको एसोसिएटमा मिश्रित नतिजा आएको छ । एसोसिएटमा सबैभन्दा बढी भोट रामशरण थपलियाले पाएका छन् । उनी १ हजार ४४० मत ल्याएर विजयी भएका छन् ।

यस्तै मनोज पौडेल, अम्बिका पौडेल, आनन्द बगरिया, सुनिल नारायण श्रेष्ठ, शुशिल थापा, राजेशकुमार अग्रवाल, शैलेन्द्र गुरागाईँ, देशबन्धु बस्नेत, हेमन्त गोल्छा, गोपाल खनाल, अनिवाश बोहरा, उज्वलकुमार श्रेष्ठ, प्रवलजंग पाण्डे, शक्तिकुमार बेगानी, हेमन्त गोल्छा, जुना माथेमा, सन्दीप अग्रवाल र ऋषि अग्रवाल निर्वाचित भए ।

यता, बरिष्ठ उपाध्यक्षमा एशोसिएट्सको मत गणना जारी छ । हालसम्म रामचन्द्र संघईको अग्रता कायम छ । बस्तुगत र जिल्लानगरको मतगणना बाँकी छ ।