November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एकैदिन ८ सयले बढ्यो सुनको मूल्य

3.2K

काठमाडौं – निरन्तर रुपमा घटबढ भइरहेको सुनको मूल्य आज ८ सय रुपैँयाले बढेको छ ।

आइतबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८ सय रुपैँयाले बढेर ९५ हजार ३ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि ८ सय रुपैँयाले बढेर ९४ हजार ८ सय रुपैँयामा कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि २५ रुपैँयाले बढेर प्रतितोला १३२५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement