काठमाडौं-साताको अन्तिम दिन सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ।
शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने स्थिर छ। बिहीबार १३ सय रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी शुक्रबारका लागि समेत १३ सय नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।