November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सबै समाचार भ्रम हुन्, कुनै प्रकारको लोडसेडिङ हुँदैन: विद्युत् प्राधिकरण

3.8K

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले कुनै पनि प्रकारका लोडसेडिङ नहुने स्पष्ट पारेको छ।

प्राधिकरणले बिहीबार विज्ञप्ति नै निकालेर नेपालमा अघोषित रूपमा लोडसेडिङ भएको भनी सञ्चारमाध्यममा छापिएका समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ​

प्राधिकरणले ३ वर्षअघि नै नेपाल लोडसेडिङमुक्त भइसकेको उल्लेख गर्दै फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको पनि स्पष्ट पारेको छ। 

Advertisement