काठमाडौं–आज बिहीबार १२ कम्पनीको सेयर किन्दा उनीहरुले घोषणा गरेको लाभांश प्राप्त गर्न सकिने छ। दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये १२ वटा कम्पनीले भोलि शुक्रबार बुक क्लोज गर्दै छन्। बुक क्लोजको अघिल्लो दिनसम्म सेयर किन्नेले घोषणा गरेको लाभांश पाउने प्रावधान रहेको छ।
बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको नाफा तथा जगेडा कोषबाट २५ प्रतिशत लाभांश दिँदै छ। सेयरधनीले १५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर प्राप्त गर्न सक्ने छन्। कम्पनीको लाभांश आजसम्म शेयर किन्नेले पाउनुका साथै साधारण सभामा पनि भाग लिन सक्ने छन्। कम्पनीले पुस २४ गते साधारणसभा गर्दै छ। बुधबार कम्पनीको शेयर मूल्य ४४७ रुपैयाँ थियो।
त्यस्तै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले पनि पुस २४ गते १२ औं वार्षिक साधारणसभा गर्दै छ। कम्पनीले साधारणसभामा ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ। बैंकले भोलि शुक्रवार बुक क्लोज गर्दैछ। आजसम्म शेयर किन्ने उक्त लाभांश प्राप्त गर्न सक्ने छन्।