April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुनको मूल्यमा सामान्य वृद्धि

2.2K

काठमाडौं-सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय रुपैयाँ तोकिएको छ। मंगलबार छापावाल सुनको प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य समेत बढेको छ। बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो।

मंगलबार प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबारका लागि १३ सय ५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement