November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ग्लोबल आइएमई बैंकको दाङ र नवलपरासीमा नयाँ शाखा स्थापना

2.5K

काठमाडौं–ग्लोबल आइएमई बैंकले दाङको बबई  गाउँपालिकाको हापुरे र नवलपरासीको हप्सेकोट गाउँपालिकाको शंकरदेवममा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४३ पुगेको छ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन्। 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

Advertisement