April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

३९.९ अंकले घट्यो नेप्से

2.5K

काठमाडौं- राजनीतिक घटनाक्रमको असर नेप्सेमा पनि देखिएको छ। लगानीकर्ताले नाफा बुक गर्न थालेका छन्। लगानीकर्ताले नाफा बुक गर्न थालेपछि आइतबार नेप्से सूचक ३९ दशमलव ९८ अंकले घटेको छ। आइतबार प्रि-ओपनिङ सेसनमा ९ अंकले बजार सुधार भए पनि कारोबार खुले पछि भने तल झर्न थालेको हो। 

यस सातादेखि अधिकांश वाणिज्य बैंकको बुक क्लोज हुनेछ। बुक क्लोजपछि कम्तीमा पनि बैंकले एक वर्ष लाभांश दिन सक्दैन। बुक क्लोजपछि बैंकको सेयर मूल्यमा गिरावट हुने भएकाले अधिकांश लगानीकर्ताले नाफा बुक गर्न खोजिरहेका छन्। नाफा बुक गर्नु भन्दा सेयर बिक्री गरेर बाहिरिदा घटेको मूल्यमा सेयर किन्ने दाउले पनि दोस्रो बजारमा गिरावट आएको हो। 

आइतबार जम्मा २०४ कम्पनीको सेयर कारोबार हुँदा १४८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटाको मूल्य बढेको छ। बजारमा तीव्र उतारचढाव हुँदा कारोबार रकम ४ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ। सम्पूर्ण सूचक तथा उपसूचक घटेका छन्। अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा नारायण डेभलपमेन्ट बैंकको सेयर मूल्य भने बढ्ने क्रममा सर्किट लागेको छ।

Advertisement