April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

धितोपत्र बोर्डले कमिसन ३३ प्रतिशत घटायो

2.1K

काठमाडौं- नेपाल धितोपत्र बोर्डले ३३ प्रतिशतले ब्रोकर कमिसन घटाएको छ। आइतबारदेखि कार्यान्वयन हुने गरी समग्रमा ३३ प्रतिशतले ब्रोकर कमिसन घटाएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए।

लगानीकर्ताले यसअगाडि ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.६ प्रतिशत कमिसन तिर्दै आएका थिए। बोर्डको नयाँ व्यवस्थापछि लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारका लागि ०.४०२ प्रतिशतले तिर्नुपर्ने भएको छ।

त्यस्तै ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.५५ प्रतिशत तिर्दै आएकोमा अबदेखि ०.३६८५ प्रतिशत तिर्नुपर्ने भएको छ। हाल ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत र २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत तिर्दै आएकोमा अबदेखि ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको लागि ०.३३५ प्रतिशत र २० लाखदेखि एक करोडसम्मको कारोबारमा ०.३०१५ प्रतिशत तिर्नु पर्ने व्यवस्था गरिएको प्रवक्ता गिरीले जानकारी दिए।

Advertisement

एक करोड रुपैयाँभन्दा माथिको कारोबारको हकमा हाल ०.४० प्रतिशत तिर्दै आएकोमा अबदेखि ०.२६८ प्रतिशत तिर्नु पर्ने व्यवस्था गरिएको छ।