April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

डिपार्टमेन्ट स्टोर र रेष्टुँरामा आगलागी हुदाँ अढाइ करोडको क्षति

2.6K

जनकपुर–जनकपुरधामस्थित एक डिपार्टमेन्ट स्टोर र एउटा रेष्टुँरामा लागेको भीषण अगलागीबाट करिब अढाई करोड क्षति भएको छ।

शिवचोकमा रहेको मिथिला डिपार्टमेन्ट स्टोर र रुफटप रेष्टुरेन्टमा बिहीबार भएको भीषण आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको थियो । धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विद्युत तार सट भएर लागेको आगलागीबाट झण्डै दुई करोड ५० रुपैयाँको क्षति भएको हो । जनकपुरधाम उप–महानगरपालिका कर्यालयबाट १०० दूरीमा आगलागी भए पनि उप–महानगरले वारुणयन्त्र नपठाउँदा आगो थप बल्झिएको व्यापारीहरुले आरोप लगाएका छन् ।

धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, जनकपुर विमानस्थल र महोत्तरीको जलेश्वर नगरपालिकाको वारुणयन्त्रबाट आगलागी नियन्त्रणमा आएको हो ।

Advertisement