April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

शेयर बजार ९५ अंकले बढ्यो

2.1K

काठमाडौं– मंगलबार शेयर बजार ९५.४६ अंकले सुधार भएको छ। कारोबार सुरु भएदेखिनै सुधारिएको नेप्से सूचक अन्तिम सम्ममा २०६१.४१ अंकमा रोकिएको छ। बजार सुधार हुने हल्लाले लगानीकर्ताहरु शेयर बिक्री गर्न हस्किएका छन्।

नेप्से सूचक ९५ अंकले सुधार हुँदा पनि कारोबार रकम भने ६ अर्ब ७४ करोड रुपैयाँको मात्रै भएको छ। बजार अझै सुधार हुने भन्दै लगानीकर्ताले बिक्री नगर्दा कारोबार रकम सूचकमा आएको सुधारको अनुपातमा भन्दा कम हो। 

आज शेयर बिक्री गर्नेभन्दा खरिद कर्ता नै हाबी थिए। अधिकतम अंकले सुधार हुँदा पनि लगानीकर्ताले बिक्री गर्न नखोज्दा कारोबार रकममा खासै सुधार हुन सकेन। नेकपाको विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा चुनाव गर्ने घोषणा गरेका छन्। शेयर बजारमा कम्युनिष्टको धङधङी अन्त्य भएको भन्दै लगानीकर्ताहरु हौसिएका हुन्।

Advertisement

वाणिज्य बैंकको शेयरमा उछाल आउदा नेप्से सूचकमा उल्लेख्य सुधार आएको हो। वाणिज्य बैंकको सूचकमात्रै ७० अंकले बढेको छ। मंगलबार २०५ वटा कम्पनीको कारोबार हुँदा १६० वटाको मूल्यमा सुधार आएको छ भने १० वटाको घटेको छ। ११ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले सुधार भएको छ।

नविल एनआईसी एशियाको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ।