April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अन्तरदेशीय प्रसारणलाईनको साझेदारी सम्झौता २ वर्ष थप्ने तयारी

2.4K

काठमाडौं-रातामाटे–रसुवागढी-केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारणलाईनको साझेदारी सम्झौता (कोअपरेसन एग्रिमेन्ट) २ वर्ष थप्ने तयारी भएको छ। नेपाल विद्युत प्राधिकरण र स्टेट ग्रुप कर्पोरेसन अफ चाइना (एसजिसिसी) बीच २०१८ जुन २० मा आयोजना निर्माणसम्बन्धी साझेदारी सम्झौता भएको थियो। २ वर्षका लागि गरिएको उक्त सम्झौता गत जुन २० मा सकिएपछि थप २ वर्षका लागि नवीकरण गर्न लागिएको हो।

आयोजना प्रमुख कोमलनाथ आत्रेयकाअनुसार थप २ वर्षका लागि साझेदारी सम्झौता गर्ने गरी दुई पक्षबीच सैद्धान्तिक सहमति भईसकेको छ। ‘सम्झौता अवधि २ वर्ष बढाउने भनेर एसजिसिसीसँग कुरा भईसकेको छ। भौतिक रुपमा उपस्थित भएर सम्झौतापत्रमा हस्ताक्षर गर्न मात्रै बाँकी हो।’ उनले भने। 

नेपाल र चीन जोड्ने पहिलो अन्तरदेशीय प्रसारणलाइनका रुपमा रहेको यो आयोजनाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालका क्रममा भएको चीन भ्रमणका बेला स्टेट ग्रीड कर्पोरेसन र विद्युत प्राधिकरणबीच ‘आयोजना विकास साझेदारी सम्झौता’ (पिडिए) भएको थियो। चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) मा नेपालले सहकार्य गर्ने भन्दै १२ मे २०१७ मा नेपाल र चीनबीच सम्झौतापत्रमा हस्ताक्षर (एमओयू) भएको थियो।

Advertisement