April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोरियन भाषा परीक्षा पुस १ देखि हुने

२०७८ कार्तिक २९

3.8K

काठमाडौँ — सन् २०२१ को कोरियन भाषा परीक्षा (सीबीटीतर्फ) आगामी पुस १ देखि ७ गतेसम्म संचालन हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले एक सूचना जारी गर्दै भाषा परीक्षा पुस १ देखि हुने जानकारी दिएको छ ।

परीक्षाको एक महिनामै नतिजा प्रकाशन गरिने इपिएस शाखाले जनाएको छ । उत्पादनमुलक, कृषि तथा पशुपालन क्षेत्रमा काम गर्नका लागि कोरियाले नेपाली युवाहरुलाई लैजानेछ ।

भाषा परीक्षाको लागि मंसिर ६ देखि ८ गतेसम्म आवेदन दर्ता गराइसक्नुपर्नेछ । अनलाइनमार्फत आवेदन दर्ता गर्नुपर्नेछ । अनलाइनबाट आवेदन भरिसकेपछि प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गरी सुरक्षित राख्नुपर्नेछ ।

Advertisement

परीक्षा शुल्क अमेरिकी डलर २४ तोकिएको छ । राष्ट्र बैंकले तोकेको सो बराबरको बिनिमयदरको हिसावले नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको खातामा जम्मा गरिदिनुपर्नेछ ।