April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनएमबी बैंकले पायो ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ अवार्ड

2.3K

काठमाडौं–एनएमबि बैंक लण्डनस्थित दि फाइनान्सियल टाइम्सको ‘दि बैंकर्स बैंक अफ दि इयर २०२०’ अवार्डबाट सम्मानित भएको छ। बैंकले नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा यो अवार्ड प्राप्त गरेको हो। यो सम्मान बैंकले चार वर्षमा तेस्रोपटक प्राप्त गरेको हो।

बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न सहर तथा ग्रामीण भेगहरुमा शाखा सञ्चालन गरि १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा बैंकले आफ्नो कर्जा लगानीलाई नवीकरणीय ऊर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्धि गर्दै आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको छ।

एनएमबि बैंक ‘ग्लोबल एलाइन्स फर बैंकिङ अन भ्यालु’ को नेपालमा एक मात्रै ‘क’ वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहनुका साथै नेपालमा दीगो मूल्य मान्यतामा आधारित बैंकिङ सेवाको प्रवद्र्धनमा लागि परेको छ। यहीकारण बैंकलाई अन्तर्राष्ट्रिय संस्था पार्टनरसिप फर कार्वन एकाउन्टिङ फाइनन्सियलको स्टेयरिङ कमिटीको सदस्य बैंकको रुपमा एविएन आम्रो मोर्गन स्ट्यान्लीजस्ता संसारकै उत्कृष्ट बैंकहरुका साथ साझा एजेन्डामा काम गर्ने मौका प्राप्त भएको बैंकले जनाएको छ।

Advertisement